काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने १,८५४ चालकलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा ४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ। ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२५ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६६ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १७९ जना तथा तीव्र गतिमा सवारी चलाउने १७१ जनालाई कारबाही गरेको जनाएको छ।

त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने २७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०४ जना, सडक पेटीमा पार्किङ गर्ने ६६ जना, एकतर्फी सडकमा सवारी चलाउने ११२ जना तथा अन्य विभिन्न सवारी नियम पालना नगर्ने १,९०४ जनामाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको बताएको छ।

तपाईको प्रतिक्रिया