मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी २ करोड ७४ लाख रुपैयाँ घाटामा रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको छ । साथै कम्पनीले ११ लाख २ हजार रुपैयाँ वित्त आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो वित्त आम्दानी २५ लाख ९ हजार रुपैयाँ रहेको थियो । यो अवधिसम्म कम्पनीको प्रशासनिक खर्च १ करोड ४९ लाख रुपैयाँ तथा ह्रासकट्टी खर्च ५१ करोड १८ लाख रुपैयाँ पुगेको छ ।६ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ३१ करोड ८१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ६३ करोड ७५ लाख रुपैयाँ तथा कुल चालु दायित्व ९८ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७७.२५ गुणा तथा तरलता अनुपात ०.६ गुणा कायम भएको छ ।

Online Arthik










