सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गर्ने तयारी गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई अब “स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय” बनाउने निर्णयसहित नेपाल सरकार (कार्यविभाजन) नियमावली–२०८३ स्वीकृत गरेको हो ।

नयाँ नियमावली लागू भएसँगै संघीय मन्त्रालयहरूको संख्या पनि घटाइएको छ । हाल रहेका २२ मन्त्रालयलाई घटाएर १८ मन्त्रालयमा सीमित गरिएको सरकारले जनाएको छ ।

खाद्य सुरक्षा सम्बन्धी विषयलाई स्वास्थ्यसँग एकीकृत गर्दै नीति निर्माण, अनुगमन तथा जनस्वास्थ्य व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयको नाम परिवर्तन गर्न लागिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया