सानिमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गोरखास्थित प्रदेश अस्पताल गोरखा लाई ५ वटा पिडियाट्रिक (बाल उपचार) बेड सहयोग गरेको छ ।
अस्पतालमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी, सहज तथा गुणस्तरीय बनाउने उद्देश्यले बेड उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकले आवश्यक मापदण्डअनुसारका आधुनिक पिडियाट्रिक बेड उपलब्ध गराएको छ । उक्त बेड अस्पतालको बाल वार्डमा प्रयोग गरिनेछ भने त्यसको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अस्पतालकै रहने जनाइएको छ ।अस्पताल पक्षले सानिमा बैंकको सहयोगले विशेष गरी विपन्न वर्गका बालबालिकाको उपचार सेवा थप सहज हुने विश्वास व्यक्त गरेको छ ।कार्यक्रममा दुवै पक्षले स्वास्थ्य क्षेत्रसहित सामाजिक सेवामा आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।बैंकले आफूलाई वित्तीय कारोबारमा मात्र सीमित नराखी समाजको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ ।
बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

Online Arthik









