सरकारले आज ट्रेजरी बिलमार्फत २२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय का अनुसार सोमबार २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको हो।यसअन्तर्गत ५ अर्ब रुपैयाँ बराबरको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गरिनेछ भने १७ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गरिनेछ।१८२ दिने ट्रेजरी बिल मंसिर ८ गते र ३६४ दिने ट्रेजरी बिल २०८४ जेठ ११ गते परिपक्व हुने कार्यालयले जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ। यसअघि जेठ ३ गते १७ अर्ब ४८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरिएको थियो।

Online Arthik









