साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजनका लागि जेठ १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरू मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांशसहित कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ। उक्त लाभांश कम्पनीको आगामी जेठ २९ गते आयोजना हुने ५९औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

कम्पनीको वार्षिक साधारण सभा जेठ २९ गते बिहान ११ बजेदेखि काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने तय गरिएको छ।

तपाईको प्रतिक्रिया