माण्डु हाइड्रोपावर लिमिटेड ले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो, जसअनुसार कुल १०.५२६३ प्रतिशत लाभांश वितरण हुनेछ। उक्त प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Online Arthik









