सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड को ८औँ वार्षिक साधारण सभा बुधबार नारायणहिटी पथस्थित बैंकको मुख्य कार्यालयमा अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले बैंकको प्राथमिक पुँजीकोष सुदृढीकरण र व्यवसाय विस्तारलाई ध्यानमा राख्दै २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफेरेन्स) सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले चार जना सञ्चालक पनि निर्वाचित गरेको छ। संस्थापक समूह ‘क’ बाट अनिल कुमार ज्ञवाली चयन भएका छन् भने सर्वसाधारण समूह ‘ख’ बाट प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा निर्वाचित भएका छन्। बैंकका अनुसार निर्वाचित सञ्चालकहरू बैंकिङ, अर्थतन्त्र, विकास व्यवस्थापन तथा विभिन्न उद्योग–व्यवसाय क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तित्व हुन्।

बैंकले पूँजी आधारलाई मजबुत बनाउँदै जोखिम वहन क्षमता वृद्धि गर्ने र व्यवसाय विस्तारलाई तीव्रता दिने उद्देश्यसहित उक्त निर्णयहरू गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया