यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकले असार ३१ गते काठमाडौँस्थित आम्रपाली ब्याङक्वेटमा बिहान १०ः३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। साथै बोनस सेयर वितरणपछि कम्पनीको जारी पूँजी करिब २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश गरिनेछ। सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावमाथि पनि छलफल गरी निर्णय गरिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार १८ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया