नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेकाले सुनचाँदीको मूल्यमा गिरावट आएको व्यवसायीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया