शुक्रबार (आज) बस्ने तय गरिएको प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ। यसअघि बिहीबारका लागि तय गरिएको बैठक पनि सारेर शुक्रबार राखिएको थियो।

संसद सचिवालयका अनुसार सभामुख डीपी अर्यालले आज अपराह्न १ बजे बस्ने भनिएको बैठक स्थगित गर्दै अब भोलि बिहान ११ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका छन्।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको हो। चितवनमा जारी महाधिवेशनमा रास्वपाका सांसदहरू सहभागी भएकाले बैठक सारिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया