कुमारी बैंक लिमिटेडका ग्राहकले अब नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबाट उपलब्ध विभिन्न प्रयोगशाला (ल्याब) सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन्।
यसका लागि कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवामा अधिकतम १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्। कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर फैलिएको २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा उपलब्ध गराइरहेको छ।ग्राहकको स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले यसअघि पनि मेदान्ता, इन्द्रप्रस्थ एपोलोलगायत नेपाल तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौता गरिसकेको छ।
बैंकले बदलिँदो समयअनुसार सेवा र सुविधालाई थप विस्तार गर्दै ग्राहकलाई गुणस्तरीय, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

Online Arthik









