नेपाल–चीन सीमास्थित रसुवागढीको मितेरी पुलबाट सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावत दुई दिनका लागि स्थगित गरिएको छ।

गत वर्ष असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि अस्थायी रूपमा जडान गरिएको बेलीब्रिजको प्राविधिक परीक्षणका लागि आज र भोलि मालवाहक सवारी सञ्चालन रोकिएको हो। आगामी वर्षायाममा बेलीब्रिजबाट सुरक्षित रूपमा सवारी सञ्चालन गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा प्राविधिक परीक्षण भइरहेकाले नेपालबाट केरुङ जाने तथा केरुङबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले रोक लगाएका हुन्।यद्यपि स्थानीय बासिन्दा तथा मानसरोवर–कैलाशका तीर्थयात्रीको आवतजावतमा कुनै अवरोध नहुने जनाइएको छ।

पुलको प्राविधिक परीक्षण सम्पन्न भएपछि मालवाहक सवारीसाधनको सञ्चालन पूर्ववत् रूपमा पुनः सुरु गरिने सम्बन्धित निकायले जनाएको छ।

तपाईको प्रतिक्रिया