नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारणसभा साउन २२ गते बिहान ८ः३० बजे काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटेरिङमा बस्ने भएको छ। कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले सभा मिति तय गरेको हो।
यसअघि असार ३१ गतेका लागि बोलाइएको साधारणसभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।त्यसैगरी, सञ्चालक समितिमा एक जना महिलासहित सात जना सञ्चालक निर्वाचित गर्ने कार्यक्रम पनि सभाको प्रमुख एजेन्डामध्ये एक रहेको कम्पनीले जनाएको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १६ गते नै बुकक्लोज गरिसकेको छ। त्यसैले असार १५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन्।

Online Arthik










