सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो विद्यमान Life Insurance Management System (iSolution) लाई थप आधुनिक, सुदृढ र प्रभावकारी बनाउन iSolution Version Next मा स्तरोन्नति गर्ने भएको छ।
कम्पनीका अनुसार प्रणाली प्रतिस्थापन (System Upgrade) कार्यका कारण साउन १४ गते बिहीबार बेलुका ८ बजेदेखि साउन १८ गते सोमबार बिहान ८ बजेसम्म बीमासम्बन्धी केही सेवाहरू अस्थायी रूपमा प्रभावित हुनेछन्। यस अवधिमा कम्पनीको केन्द्रीय कार्यालय तथा देशभरका शाखा/उपशाखाबाट प्रदान गरिने बीमालेखसम्बन्धी भौतिक सेवाहरू, डिजिटल माध्यमबाट गरिने बीमाशुल्क भुक्तानी, मोबाइल एप तथा ग्राहक र अभिकर्ता (एजेण्ट) पोर्टल सेवा उपलब्ध नहुने कम्पनीले जनाएको छ।
कम्पनीले प्रणाली स्तरोन्नतिपछि ग्राहकलाई अझ छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले उक्त कार्य गर्न लागिएको जनाएको छ। साथै, सेवा अवरोधबाट पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक बीमासम्बन्धी काम तोकिएको समयअघि नै सम्पन्न गर्न ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ।

Online Arthik










