मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब ७९ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ। अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा यसको निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो।

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ४१ करोड ७१ लाख चार हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार पछिल्ला पाँच वर्षदेखि छुर्पी निर्यात निरन्तर उकालो लागिरहेको छ।

नेपालमा उत्पादन हुने छुर्पी मुख्य रूपमा कुकुर र बिरालोका लागि उच्च गुणस्तरको चपाउने आहार (पेट फुड) का रूपमा विदेश निर्यात हुँदै आएको छ। इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा यसको उत्पादन बढी हुने गरेको छ।

तपाईको प्रतिक्रिया