आइतबारको कारोबारमा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६ सय रुपैयाँ कायम भएको छ। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Online Arthik









