कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले उक्त शेयर हाल कायम संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्री खुला गरेको हो।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंकको प्रधान कार्यालय, टंगालमा आवेदन पुग्ने गरी पेश गर्न सक्नेछन्। उक्त शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेमा प्रचलित व्यवस्था बमोजिम संस्थापक शेयरधनीभन्दा बाहिरका लगानीकर्तालाई समेत शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया