सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ३८ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५५ प्रतिशत बढी हो। कम्पनीले आव २०८१/८२ मा ३५ करोड २ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १५.७३ प्रतिशतले बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ रहेको थियो। यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४.०८ प्रतिशतले बढेर १३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ११ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

गत आवमा कम्पनीले १७ अर्ब ९ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गर्दा १६ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ कुल खर्च गरेको छ। अघिल्लो आवमा कम्पनीको कुल आम्दानी १५ अर्ब १३ करोड ४७ लाख र कुल खर्च १४ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ रहेको थियो। कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म जगेडा कोषमा ६० करोड ९२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४५ करोड ८० लाख रुपैयाँ रहेको छ।त्यस्तै, कम्पनीको जीवन बीमा कोष ४१ अर्ब ६० करोड ५१ लाख रुपैयाँबाट बढेर ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको लगानीसमेत ४१ अर्ब ६६ करोड २४ लाख रुपैयाँबाट बढेर ५२ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ६.९९ रुपैयाँबाट बढेर ७.५९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया