बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२९.३३ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीको खुद नाफा ६ करोड ९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८ करोड ८३ लाख रुपैयाँबाट बढेर ४५ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य आम्दानी पनि ३० लाख ९० हजार रुपैयाँबाट बढेर ४२ लाख ८४ हजार रुपैयाँ पुगेको छ। कम्पनीको प्रशासनिक खर्च ५ करोड ९३ लाख रुपैयाँ र मर्मत तथा सम्भार खर्च १ करोड ७५ लाख रुपैयाँ रहेको छ। यस्तै, कम्पनीको वित्तीय खर्च अघिल्लो आवको १३ करोड ३७ लाख रुपैयाँबाट घटेर १२ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ५१ करोड ६२ लाख रुपैयाँ र कुल चालु दायित्व १९ करोड २० लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.३२ रुपैयाँ र तरलता अनुपात २.६९ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया