नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको थियो। पछिल्लो पाँच दिनमा २४ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि गत माघ १५ गते सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।

Online Arthik









