नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १५.०२ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवमा ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीको खुद नाफा ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको थियो।
गत आवमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने १२.१४ प्रतिशतले बढेर ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कम्पनीले ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। यस्तै, कम्पनीले गत आवमा ६२ अर्ब ८४ करोड २७ लाख ३८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आवमा यस्तो भुक्तानी ५७ अर्ब ३७ करोड ९० लाख ३६ हजार रुपैयाँ थियो।
गत आवमा कम्पनीले ७४ अर्ब ३३ करोड ६५ लाख ४ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने कुल खर्च ७० अर्ब ७६ करोड ६३ लाख ६९ हजार रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड २ लाख १ हजार रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ र जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ रहेको छ।
कम्पनीको जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ रहेको छ।

Online Arthik







