स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँ रहेको थियो। बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ। बुधबार १० ग्राम सुन २ लाख ६२ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ७५० रुपैयाँ पुगेको छ।

Online Arthik








