नबिल स्टक डिलर लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आगामी असोज २१ गते बोलाएको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको ६६औँ बैठकले सभा आह्वान गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको तीनधारा दरबारमार्गस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन छलफल तथा पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृत गर्ने र आव २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

तपाईको प्रतिक्रिया