शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा बोनस सेयरबापत लाग्ने करसमेत समावेश गरिएको छ। लाभांश वितरणका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट लाभांशसम्बन्धी प्रस्ताव पारित गर्नुपर्नेछ।
साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्रै सेयरधनीले बोनस सेयर तथा नगद लाभांश प्राप्त गर्नेछन्। ६ प्रतिशत बोनस सेयरले बैंकको चुक्तापुँजी वृद्धि गर्नेछ भने १० प्रतिशत नगद लाभांश सेयरधनीका लागि प्रत्यक्ष प्रतिफल हुनेछ।

Online Arthik









