नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता बढेपछि आज बजारबाट थप ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ३० दिनका लागि उक्त रकम खिच्न लागेको हो।

यसअघि भदौ २६ गते राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बजारबाट खिचेको थियो। निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज असोज ३० गते भुक्तानी गरिनेछ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्।

तपाईको प्रतिक्रिया