नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ८५ रुपैयाँले बढेको हो।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ तथा चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन ३ लाख १०० रुपैयाँ र चाँदी ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया