अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको नाम आज सार्वजनिक हुने भएको छ। आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलमा विशेष कार्यक्रम आयोजना गरी विजेताको घोषणा गरिनेछ।
यसअघि भोटेकोशीमा आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो। विभागले आज भदौ महिनाका कुल ३३ जना विजेताको नाम सार्वजनिक गर्ने जनाएको छ।
विभागका अनुसार विजेतामध्ये ३१ जनाले जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दुई जनालाई बम्पर उपहार प्रदान गरिनेछ। विभागले नतिजा सार्वजनिक हुने कार्यक्रमको प्रत्यक्ष घोषणामा सञ्चारकर्मीलाई उपस्थित हुनसमेत आग्रह गरेको छ।

Online Arthik










