सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल नवीकरण तथा नयाँ जारी गर्न लागेको हो।

कार्यालयका अनुसार २० अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नवीकरण गरिनेछ भने थप ५ अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी गरिनेछ। उक्त ट्रेजरी बिल पुस ७ गते परिपक्व हुनेछ। ट्रेजरी बिल खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले असोज ५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। यसको बाँडफाँट भने मंगलबार हुनेछ।

यसअघि कार्यालयले भदौ २६ गते १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो।

तपाईको प्रतिक्रिया