समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका १०५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका ३५, ओरियन्टल को–अपरेटिभका २, तुलसी सहकारीका १३ र कान्तिपुर सहकारीका ५५ बचतकर्तालाई रकम फिर्ता गरिएको हो।

सरकारका अनुसार समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै बचतकर्तालाई फिर्ता गरिएको हो। पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्ताको रकम पनि फिर्ता गरिने समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया