नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दशैंलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर–खेल्ने हो ?’ अभियान सार्वजनिक गरेको छ।
अभियानअन्तर्गत बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन्। साथै स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार प्राप्त गर्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ।अभियानमा रविन्द्र ढाँट, सीआर७ होराआ (सन्जन गौतम) र दीपेन्द्र सिंह ऐरीसँग भेट्ने अवसरसमेत समेटिएको छ। यस्तै, ‘पल्सर रेसिङ गेम’मार्फत डिजिटल रेसमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गर्नेले विभिन्न पुरस्कार जित्न सक्नेछन्। त्यसैगरी, ‘शो योर पावर’ च्यालेन्जमार्फत राइडर तथा मोटरसाइकलप्रेमीले आफ्नो फिटनेस, शक्ति र पल्सरप्रतिको लगाव सिर्जनात्मक रूपमा प्रस्तुत गर्न सक्नेछन्। उत्कृष्ट सहभागीले च्याम्पियनहरूसँग भेट्ने अवसर पाउने कम्पनीले जनाएको छ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले दशैंको अवसरमा ग्राहकलाई मोटरसाइकल खरिदसँगै पुरस्कार, प्रतिस्पर्धा र विशेष अनुभव प्रदान गर्ने उद्देश्यले अभियान ल्याइएको बताए।

Online Arthik










