शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ थियो। महासंघका अनुसार पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर घटिरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया