काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको टोलीले सलामीसमेत दिएको थियो।शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्मालाई राजकीय सम्मान दिइएको हो। मन्त्री पोखरेलसहित मन्त्रालयका पदाधिकारी तथा काठमाडौँ विश्वविद्यालयका प्रतिनिधिहरूले आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।यसअघि शिक्षा मन्त्रालयमा राखिएको शोक पुस्तिकामा मन्त्री पोखरेल, मन्त्रालयका सचिव चुडामणि पौडेल, प्रमुख सल्लाहकार शैलेन्द्र झा लगायतले हस्ताक्षर गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।मन्त्री पोखरेलले शर्माको निधनले नेपालको शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। उनले शर्माले परिकल्पना गरेको काठमाडौँ विश्वविद्यालयलाई थप स्वायत्त बनाउने योजनाअनुसार सरकारले ऐन संशोधनको तयारी अघि बढाएको जानकारी दिए।बुधबार निधन भएका शर्मा नेपालको उच्च तथा प्राविधिक शिक्षाका अग्रणी व्यक्तित्वका रूपमा परिचित थिए। दुई दशकभन्दा लामो समय काठमाडौँ विश्वविद्यालयको नेतृत्व गरेका उनले विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय र अन्तर्राष्ट्रिय पहिचान भएको संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का संस्थापक निर्देशकसमेत थिए। उनले जुम्ला, दोलखाको जिरी र धनकुटामा प्राविधिक शिक्षा विस्तारमा योगदान पुर्याएका थिए। बूढानीलकण्ठ स्कुलका

Online Arthik










