कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने सम्झौता भएको छ।

महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सहकार्यअन्तर्गत व्यवसायीको वित्तीय ज्ञान, अनुपालन क्षमता तथा वित्तीय अनुशासन अभिवृद्धिमा जोड दिइनेछ। बैंकले व्यवसायीलाई वित्तीय विवरण तयार गर्न आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउने जनाएको छ।

तपाईको प्रतिक्रिया