भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेयरधनीलाई ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वित्तीय विवरणअनुसार वितरणयोग्य रकमबाट उक्त लाभांश दिने निर्णय गरेको हो। कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको ३.६८४२ प्रतिशतले हुन आउने कुल ७ करोड ४ लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित लाभांशमध्ये ०.१८४२ प्रतिशत अर्थात् ३५ लाख २३ हजार २६ रुपैयाँ ३२ पैसा लाभांशमा लाग्ने कर प्रयोजनका लागि छुट्याइनेछ भने बाँकी रकम प्रचलित कानुनअनुसार कर कट्टी गरी सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ। कम्पनीले प्रस्तावित नगद लाभांशसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको छ।

Online Arthik










