कृषि विकास कार्यालय धादिङले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेकाले मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ । कार्यालयका अनुसार पाकिसकेको धान आजै भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्र काट्न उपयुक्त हुनेछ । तत्काल भित्र्याउन नसकिने धान मौसममा सुधार आएपछि काट्ने गरी समय मिलाउन पनि कार्यालयले सुझाव दिएको छ । धान नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकास गर्न तथा हावाहुरी वा वर्षाका कारण ढलेको धानको बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउन वा अग्लो ठाउँमा राख्न कार्यालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया