नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल डिसहोम डीटीएच तथा आईपीटीभीमार्फत अतिरिक्त शुल्कबिना एचडी गुणस्तरमा हेर्न पाइने भएको छ । डिसहोमका सक्रिय डीटीएच तथा आईपीटीभी ग्राहकले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टुमार्फत एनपीएलका खेल प्रत्यक्ष हेर्न सक्ने कम्पनीले जनाएको छ । त्यसका लागि ग्राहकको सदस्यता सक्रिय रहेको हुनुपर्नेछ । सदस्यता अवधि समाप्त भएका ग्राहकले खल्ती तथा ईसेवामार्फत रिचार्ज गरेर खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । प्रतियोगिताका दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजेबाट प्रत्यक्ष प्रसारण गरिनेछ । डिसहोमले क्रिकेटप्रेमी दर्शकलाई घरमै बसेर एनपीएलका चौका, छक्का र विकेटसहित खेलका रोमाञ्चक क्षणको आनन्द लिन सक्ने सुविधा उपलब्ध गराएको जनाएको छ । ‘एनपीएल सिजन ३, क्रिकेटको जोश, डिसहोमको साथ’ भन्ने नारासहित कम्पनीले प्रतियोगिताको प्रत्यक्ष प्रसारणमार्फत क्रिकेटप्रेमी दर्शकलाई जोड्ने जनाएको छ ।

Online Arthik








