नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ। बैंकले बिहीबार सूचना जारी गर्दै बिक्रीमा राखिएको उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरेको हो।

बैंकका अनुसार संस्थापक सेयरधनी महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिकी सेयरधनी संगीता थापाले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा बैंकले नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्थाअनुसार पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि प्राथमिकता दिएको थियो। तर, ३५ दिनको निर्धारित अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदसम्बन्धी कुनै लिखित जानकारी प्राप्त नभएपछि बैंकले अन्य व्यक्ति तथा संस्थालाई समेत सेयर खरिद गर्न पाउने व्यवस्था गरेको हो।

बैंकले राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ। अब आवश्यक नियामकीय मापदण्ड पूरा गर्ने इच्छुक व्यक्ति तथा संस्थाले उक्त सेयर खरिद प्रक्रियामा सहभागी हुन सक्नेछन्।

तपाईको प्रतिक्रिया