प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ सदस्यीय नेपाली उद्योगी तथा व्यवसायी टोली पनि सहभागी हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको औपचारिक भ्रमण दलमा ३४ सदस्य रहनेछन् भने निजी खर्चमा ५२ जना व्यवसायी भारत जान लागेका हुन् ।

परराष्ट्र सचिव अमृत राईका अनुसार व्यवसायी टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणासहित वर्तमान तथा पूर्वपदाधिकारी सहभागी हुनेछन् । त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीलगायत पदाधिकारी पनि भ्रमणमा सहभागी हुनेछन् ।

यसैगरी नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासंघ, नेपाल–भारत चेम्बर अफ कमर्स तथा नेपाल वैदेशिक व्यापार संघका प्रतिनिधिहरू पनि टोलीमा समेटिएका छन् । ऊर्जा, पर्यटन, उद्योग, बैंकिङ तथा व्यापार क्षेत्रका उद्यमी र व्यवसायीहरूको समेत सहभागिता रहनेछ ।

भारत भ्रमणमा जाने व्यवसायी टोलीमा विभिन्न व्यावसायिक संस्थाका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि गरी ५२ जना रहेका छन् । उनीहरू आफ्नै खर्चमा भ्रमणमा सहभागी हुन लागेका हुन् ।

व्यवसायी टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुली, नेपाल वैदेशिक व्यापार संघका अध्यक्ष शिवकुमार अग्रवाल तथा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनील केसीलगायत छन् ।

त्यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष करण चौधरी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार दाँगी र निवर्तमान अध्यक्ष गणेश कार्कीसहित ऊर्जा, पर्यटन तथा अन्य उद्योग व्यवसाय क्षेत्रका प्रतिनिधिहरू पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।

भारत भ्रमणमा जाने ५२ जना उद्योगी तथा व्यवसायीको सूची यसप्रकार छ :

  1. अञ्जन श्रेष्ठ – अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

  2. भवानी राणा – पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

  3. कृष्णप्रसाद शर्मा – उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

  4. गोपालप्रसाद तिवारी – महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ

  5. सुनीता नेह्माफुकी – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

  6. बटु लामिछाने – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

  7. उज्ज्वल श्रेष्ठ – कार्यसमिति सदस्य तथा उद्योग समिति सभापति, नेपाल उद्योग वाणिज्य महासंघ

  8. सागर ढकाल – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

  9. निरज काफ्ले – व्यापार समिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

  10. शिवकुमार अग्रवाल – अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ

  11. वीरेन्द्रराज पाण्डे – अध्यक्ष, नेपाल उद्योग परिसंघ

  12. राजेशकुमार अग्रवाल – पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ

  13. निर्वाण चौधरी – वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ

  14. राजबहादुर शाह – उद्योगी/व्यवसायी

  15. कमलेशकुमार अग्रवाल – अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

  16. दीपककुमार माल्होत्रा – वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

  17. खिमनारायण पराजुली – अध्यक्ष, नेपाल उद्योग व्यापार महासंघ

  18. कुनाल कयाल – उद्योगी/व्यवसायी

  19. सुनील केसी – निवर्तमान अध्यक्ष, नेपाल बैंकर्स संघ

  20. करण चौधरी – उपाध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल

  21. मोहनकुमार दाँगी – अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)

  22. गणेश कार्की – निवर्तमान अध्यक्ष, इप्पान

  23. पुष्कर पौडेल – उद्योगी/व्यवसायी

  24. विभूषण बिष्ट – उद्योगी/व्यवसायी

  25. पशुपति देव पाण्डे – उद्योगी/व्यवसायी

  26. अर्जुनकुमार श्रेष्ठ – उद्योगी/व्यवसायी

  27. शोभा गुरुङ – उद्योगी/व्यवसायी

  28. गोविन्दप्रसाद घिमिरे – उद्योगी/व्यवसायी

  29. सरोज श्रेष्ठ – उद्योगी/व्यवसायी

  30. रवीन्द्र शाक्य – उद्योगी/व्यवसायी

  31. सुरेन्द्रकुमार उप्रेती – उद्योगी/व्यवसायी

  32. विनायक शाह – उद्योगी/व्यवसायी

  33. सागर पाण्डे – उद्योगी/व्यवसायी

  34. भरतजंग पाण्डे – उद्योगी/व्यवसायी

  35. दर्शना श्रेष्ठ – उद्योगी/व्यवसायी

  36. डिकिला शेर्पा लामा – उद्योगी/व्यवसायी

  37. बलराम गुरुङ – उद्योगी/व्यवसायी

  38. सचिन ढकाल – उद्यमी

  39. नितेश मालपानी – उद्यमी

  40. कल्याण गुरुङ – उद्योगी/व्यवसायी

  41. टुकप्रसाद पौडेल – उद्यमी

  42. जीवनाथ लामिछाने – उद्यमी

  43. दिरेकलाल श्रेष्ठ – उद्यमी

  44. अनुप आचार्य – उद्यमी

  45. नरेश दास – उद्यमी

  46. यमुना श्रेष्ठ – उद्यमी

  47. विष्णुकुमार अग्रवाल – उद्यमी

  48. दिलीप अग्रवाल – उद्यमी

  49. सञ्जय काफ्ले – उद्यमी

  50. दीपक थापा – उद्यमी

  51. निकोलस पाण्डे – उद्योगी/व्यवसायी

  52. राजनकुमार बन – उद्यमी

तपाईको प्रतिक्रिया