अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आफ्नो १०औँ वार्षिक साधारणसभा आगामी पुस २ गते आयोजना गर्ने भएको छ। कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको ५६औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
कम्पनीले साधारणसभा तथा बुक क्लोजसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलगायत सम्बन्धित निकायलाई गराइसकेको छ। यद्यपि, साधारणसभामा पेस हुने विस्तृत प्रस्तावबारे भने कम्पनीले जानकारी सार्वजनिक गरेको छैन।


Online Arthik










