नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने नबिल ग्रोथ फण्डको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ। योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले प्रतिइकाई १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको यस योजनाको कुल आकार १० करोड इकाई रहेको छ। कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकका लागि र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको हो। यस फण्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम ९०० इकाईका लागि आवेदन दिनुपर्नेछ, जसका लागि ९ हजार रुपैयाँ लगानी आवश्यक पर्नेछ। अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर प्रणालीबाट आवेदन दिन सकिनेछ।


Online Arthik










