नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ र चाँदी ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया