बैंक तथा वित्तीय संस्थाहरुले पूर्ण रुपमा खुला हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुला हुने जानकारी दिए ।

यस अघि एक तिहाई कर्मचारीहरुमात्रै राखेर बैंकहरुले सिमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरु बन्द थिए ।अब भने बैंकका सबै शाखाहरु खुला गरेर सेवा दिन पाउने खतिवडाले बताए । सरकारले शुक्रबारबाट लागु हुने गरी लकडाउन खुकुलो बनाएको छ ।

तपाईको प्रतिक्रिया