ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण अप्ठ्यारोमा परेका ओमानमा रहेका नेपालीहरुको हवाई टिकट व्यवस्थापन गरी स्वदेश ल्याएको हो ।

टिकट व्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुतावाससँगको सहकार्यमा सलाम एयरले नेपालीका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको जानकारी गराएको छ ।

सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

विदेशमा बस्ने कोभिड-१९ बाट प्रभावित नेपाली नागरिकलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देशका राजदुताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।

तपाईको प्रतिक्रिया