नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५१९ पुरुष र ११० महिला गरी कुल ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १० हजार ७२८ पुगेको छ । तीमध्ये एक हजार ९४ महिला र नौ हजार ६३४ पुरुष छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये आठ महिला र १०६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार १२४ पुगेको छ । तीमध्ये दुई हजार ३५ पुरुष र १८९ महिला छन् ।

तपाईको प्रतिक्रिया