माछापुच्छ्रे बैंकले अभिनेत्री स्वेता खड्कालाइ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । व्यवसाय प्रवर्द्धनका लागि खड्कालाई एम्बेसडरमा नियुक्त गरेको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

चर्चित अभिनेत्री तथा समाजसेवी, युवा व्यवसायी एवं अन्य थुप्रै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्‍ने विश्‍वास लिएको बैंकले जनाएको छ । बैंकले देभर रहेका १५९ शाखा, १३४ शाखारहित बैंकिङ सेवा  तथा १९८ वटा एटीएम र १ हजारभन्दा बढी पीओएस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया