आजको मन्त्रिपरिषदको बैठकले सुरक्षा सावधानी अपनाएर ट्याक्सी लगायत सार्वजनिक यातायात चलाउन पाइने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको हो । यात्रु सिट क्षमताको ५० प्रतिशतमात्र राख्न पाइने गरी सार्वजनिक यातायात सञ्चालन गर्ने दिने निर्णय सरकारले गरेको हो ।

एक जिल्लाबाट अर्को जिल्ला भने चलाउन पाइने छैन । उपत्यकाका तीन जिल्लालाई भने एउटै जिल्ला मानेर सञ्चालनको अनुमति दिइने छ । यात्रुले तिर्नुपर्ने भाडा ५० प्रतिशतले बढाइएको छ ।

तपाईको प्रतिक्रिया