ग्लोबल आइएमई बैंकले २३६ औं एटिएम सेवा उदयपुर जिल्ला अदालत परिसरमा सेवा सुरुवात गरेको छ । उक्त एटिएम सेवाको उद्घाटन उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज के.सी.ले संयुक्त रुपमा गरेका थिए ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्करप्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया