एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालको कार्यकाल अवधि थप भएको छ ।

गएको सोमबार बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्को चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरिएको हो ।

उहाँ गत २०७३ असोज १ गते उक्त बैंकको सीइओ पदमा नियुक्त हुनुभएको थियो । त्यस अघि अर्याल सोही बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत रहनु भएको थियो । उहाँले एनसीसी बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् ।

तपाईको प्रतिक्रिया