कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुबै बैंकले विस्वास लिएका छन ।

“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकल देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबबिबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग सि–आश्वा, अनलाईनबाट खाता खोल्ने र कर्जा आवेदन जस्ता विभिन्न माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया